डर लागिरहेको छ कतै मेरो गर्भ नरहने त होइन, मैले के गर्दा चाँडै गर्भ रहन्छ ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
म २२ वर्षीया विवाहित महिला हुँ। मैले विवाह गरेको तीन वर्ष भयो, तर हालसम्म मेरो गर्भ बसेको छैन। कतै मेरो गर्भ नरहने त होइन ? मलाई डर लागिरहेको छ। मैले के गर्दा चाँडै गर्भ रहन्छ ?
डा.बालकृष्ण साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

 विवाह भएको तीन वर्ष भए पनि श्रीमान्सँगै हुनुहुन्छ कि श्रीमान् बाहिर हुनुहुन्छ पत्रबाट स्पष्ट भएन। सामान्यतः श्रीमान्सँग दुई वर्ष वस्दा वा नियमित -सातामा ३ पटक वा बढी) यौनसम्पर्क गरेको अवस्थामा, परिवार नियोजनका साधन प्रयोग नगरेको खण्डमा ८० प्रतिशत महिलामा गर्भ रहन्छ।
 २० प्रतिशतमा मात्र गर्भ नरहन सक्छ। गर्भ नरहने कारण महिला, पुरुष वा दुवैमा हुनसक्छ। त्यस्तो अवस्थामा केही परीक्षण पनि गर्नुपर्ने हुन सक्छ। यसका लागि तपाईंले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग प्रत्यक्ष परामर्श गर्नु राम्रो हुन्छ। तपाइर्ंको उमेर धेरै नभएकाले खासै आत्तिनुपर्ने अवस्था छैन।
 यस विषयमा तपाईलाई केहि भन्नु छ भने तलको कमेन्ट बक्समा लेख्नुहोला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses