गुल्मी, कार्तिक ४ – दिनभरीसंगै खेतमा काम गर्दै जिस्किँदै गरेकी आफ्नो नव दुलहीको आँखा छलेर गुल्मीका एक व्यक्तिले १० वर्षीया बालिका वलात्कार गरेको खुलासा भएको छ । गत असोज २६ गते साँझ करिव ५ वजेको समयमा वाँझकटेरी–३ का १८ वर्षिया गोविन्द केसीले सोही वडाको फुर्सेधार भन्ने स्थानमा १० वर्षिया वालिकालाई वलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले मंगलवार खुलासा गरेको हो । केसीले समेत आफुले ती बालिकाको वलात्कार गरेको स्वीकार गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
उनले भने, ‘मेडिकल रिर्पोटले पनि बालिका वलात्कृत भएको देखाएको छ ।’ उनका अनुसार निजले फुर्सेधारको बाटोदेखि तल कोदोवारीमा लगेर बालिकाको मुख थुन्दै वलात्कार गरेका थिए । निजलाई पक्राउ गरी अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरिएको नेपालले जानकारी दिए । स्थानियवासीका अनुसार केसी तीन महिनाअघि मात्र विवाह गरेकी श्रीमतिसँग दिनभरी खेतमा काम गरेको र श्रीमति भन्दा करिव १ घण्टा अगाडी आई तल वेसीबाट मासको भारी बोकेर आएकी ति वालिकालाई समातेर तलवारीमा लगेर वलत्कार गरेका थिए । ‘म र अंकलकी छोरी वेसीबाट मासको भारी बोकेर आउँदै थियौं’– पिडित वालिकाले भनिन –‘ वहिनीलाई हिड्दै गर भनेर पठायो र मलाई भारी विसाउन लगायो मैले मानिन उसले समातेर तल वारीमा लगेर मुख थुन्दै वलत्कार ग¥यो ।’ उनका काकाले पनि उनी वेलावेलामा आफै तर्सिने गरेको बताए । बलात्कार गर्दा म वेस्सरी चिच्चाएँ उ भाग्यो मैले रुदै घर आएर हजुर आमासंग भने पछि उहाँले गाउँमा सवैसंग भनेर प्रहरीलाई खवर गरेका हौं –ति वालिकाले भनिन् ।
गुल्मीमा गत एक वर्षको अन्तरालमा ११ वर्ष मुनिका ४ जना वालिका वलात्कृत भएका छन् । एक महिना अघि १५ वर्षिया किशोरीलाई सामुहिक वलात्कार गर्ने घटनामा १० वर्षिया वालिक समेत संलग्न रहेको प्रहरीले जनाएको थियो । यस जिल्लामा वलात्कार घटना बढ्दै गएको प्रति यहाँको प्रहरी प्रशासन र अधिकारकर्मी चिन्तित छन् । प्रहरीले गाउँ गाउँमा पुुगेर जनचेतना कार्यक्रम गर्ने तयारी गरेको प्रहरी निरीक्षक नेपालले बताए । भिडियो हेर्नुहोस

काठमाडौं अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को निर्णय र निर्देशनअनुसार अवको १५ महिनापछि हस्तलिखित राहदानी नचल्ने भएपछि विदेशमा रहेका हस्तलिखित राहदानी वाहकहरुलाई मेशिन रिडेलवल पासपोर्ट (एमआरपी) बनाउने हतारोले छोएको छ । अहिले पनि विदेशमा रहेका करिव १० लाख नेपालीको हस्तलिखित राहदानी छ । हस्तलिखित राहदानीको प्रयोग अवधि सकिन लागेपछि विदेशस्थित दूतावासहरुमा एमआरपी बनाउनेहरुको भीड लाग्न थालेको छ । सन् २०१५ नोभम्बरदेखि हस्तलिखित राहदानी प्रयोग गर्न नपाइने भएकाले अनिवार्यरुपमा एमआरपी प्रयोग गर्नुपर्छ ।विदेशमा रहेका नेपालीले एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्नुपर्दा एमआरपी पेस गर्नुपर्ने हुन्छ । एमआरपी देखाउन नसके सम्बद्ध अध्यागमन तथा विमानस्थल कार्यालयले यात्रा गर्नबाट वञ्चित गर्ने निश्चित छ ।
यता अमेरिकामा रहेका नेपालीहरु मध्ये राजनीतिक शरण (पोलिटिकल एसाइलम) गर्नेहरुका लागि भने नेपाल सरकारले ठूलो समस्या दिने भएको छ । पोलिटिक एसाइलम गर्नेहरुको राहदानी नविकरण अर्थात् एमआरपी बनाउने काम वासिंटन डीसीस्थित नेपाली दुतावास र न्युयोर्कस्थित स्थायी नियोगले नगरेपछि सयौं नेपाली अन्यौलमा परेका छन् । दुतावास र नियोगले नविकरणका लागि आउने नेपालीको राहदानीमा अमेरिकामा राजनीतिक शरण लिएको छाप लागेको अवस्थामा उक्त राहदानी नेपाल पठाउने गरेको छ । नेपालमा माओवादी द्वन्द्व बढेसँगै अमेरिकामा राजनीतिक शरण लिएर ग्रीनकार्ड लिने नेपालीको संख्या हजारौं छ ।
अमेरिका पुगेपछि नेपालमा आफ्नो जिउज्यानको सुरक्षा नभएको भन्दै राजनीतिक शरण लिन पाउने व्यवस्था रहेका कारण धेरै नेपालीले पोलिटिकल एसाइलम गर्ने गरेका छन् । नेपालमा जिउज्यानको सुरक्षा छैन भन्ने स्पष्ट आधार पेश गर्नसके अमेरिकाले सजिलै शरणार्थी स्वीकार गर्दै आएको छ ।
नियमावली मिच्दै सरकार
नेपाल सरकार, पराराष्ट्र मन्त्रालय अन्तरगतको राहदानी विभागले नियमावली विपरित राजनीतिक शरण लिएकाहरुको राहदानी नविकरण नगरेको पाइएको छ । राहादानी नियमावली २०६७ र राहदानी (पहिलो संशोधन) निर्देशिका २०७१ अनुसार नेपाल सरकारले नागरिकहरुलाई राहदानी प्रदान गर्दै आएको छ । तर नियमावली र निर्देशिकामा राहदानी प्रदान गर्ने वा नगर्ने विषयमा यस्तो व्यवस्था छ ।
राहदानी निर्देशिका २०७१ मा यी बुँदाहरुमा केहि थपघट गरिएको छैन भने राजनीतिक शरण लिएका नागरिकका लागि के गर्ने भन्ने विषयमा पनि स्पष्ट कुनै प्रावधान राखिएको छैन । तर काठमाडौंस्थित केन्द्रीय राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले नियमावली अनुसार काम गर्ने बताउनु भयो । उहाँले खासोखाससँग कुरा गर्दै भन्नुभयो– ‘तपाई विदेशमा जानुभयो र त्यहिं देशको नागरिक बन्नका लागि वा अन्य कुनै कारणले स्वदेश फर्कन सक्ने अवस्था भएन भनेर नेपाली नागरिकता त्याग्ने मनसायअनुरुप राजनीतिक शरण लिएका व्यक्तिलाई कसरी राहदानी नविकरण गरिदिने ?’ नियमावलीमा त त्यस्तो व्यवस्था नभएको भन्ने प्रश्नमा महानिर्देशक खनालले भन्नुभयो– ‘तपाई राजनीतिक असाइलम गर्नुस्, अनि हामी नेपाली नागरिकता पनि दिन्छौं, राहदानी पनि दिन्छौं भनेर नेपाल सरकारले भन्न सक्दैन । यसमा त अन्तर्राष्ट्रिय कानुनले नै दिदैन । राजनीतिक असाइलम गरेपछि सम्बन्धित देशको कानुनअनुसार अघि बढ्ने कुरा हो । यो विषयमा हाम्रो नियमावलीमा प्रष्ट व्यवस्था छैन ।’ राजनीतिक शरण लिएकाहरुको विषयमा के गर्ने भन्ने विषयमा केन्द्रीय राहदानी विभागले मन्त्रालयमा फाइल पठाएको छ । तर मन्त्रालयले भने कुनै ठोस निर्णय गरिनसकेको महानिर्देशकको भनाई छ ।
नेपाल सरकारले नियमावलीमा प्रष्ट व्यवस्था नहुँदा पनि सयौं नेपालीहरुलाई एमआरपी लिनबाट बञ्चित गर्ने भएपछि अमेरिकामा रहेका एनआरएनहरुले विरोध जनाएका छन् । एनआरएनएका डिआरसी सोनाम लामाले नेपाल सरकारले नियमावली विपरित नेपालीहरुलाई दुःख दिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो– ‘यो विषयमा हामीले अमेरिकामा रहेका नेपाली राजदुतसँग कुरा गरेका थियौं, तर उहाँले त्यस्तो नगरेको बताउनुभयो ।’ तर दुतावास र नियोगका कर्मचारीहरुले भने राजनीतिक असाइलम गरेको छाप लागेका राहदानीको नविकरण गरेका छैनन् । सोनाम लामाका अनुसार अव एनआरएन नेतृत्वले दुतावसमा छलफल गर्ने र समस्या समाधान नभए नेपालस्थित परराष्ट्र मन्त्रालयमा पनि छलफल गरी यो समस्याको तत्काल समाधान खोज्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यदि राजनीतिक शरण लिएकै आधारमा एमआरपी पाउनबाट बञ्चित हुने हो भने, अमेरिकामा रहेका सयौं नेपालीले ठूलो समस्या भोग्नेछन् । यस्तो अवस्थामा हामी चुप लागेर बस्न सक्ने अवस्था छैन । यो विषयमा नेपाल सरकार गम्भीर हुनैपर्छ ।’ सभार: खसोखास
मेरो जन्मस्थल चितवन हो । मेरो पढाई लेखाई चितवनमै भयो । म कक्षा १० मा पढ्दै थिएँ, मेरो साथी नितेस पनि मेरो क्लासमा मसँगै पढ्ने साथी थिएँ । हामी हाम्रो गाउँको स्कुलमा सँगै पढ्थ्यौं । हामी दुबैले एसएलसी पनि राम्रोसँग पास गर्यौं । कक्षा ११ सुरू भयो, नितेस र म दिन प्रतिदिन धेरै नजिक हुँदै गयौँ, हामी दुर्इका बीच प्रेमको आकुरा पलाउन सुरू भयो । हामी साथीबाट बिस्तारै प्रेमी-प्रेमिकामा परिणत भयौं ।
हरेक शनिबार हामी डेटिंग जान्थ्यौं । समय बित्दै गयो । हामी दुईको प्रेम झन् झन् झाँगिदै गयो, जब हामी डेटिंग गएको बेला संगै हुन्थ्यौं, नितेसले मेरो कपाल सुम्सुम्याउँदै भन्थे- ऋतु म तिम्रो साथभन्दा टाढा कहिले पनि हुन सक्दिन । तिमी मेरो धड्कनमा हौं, तिमी नै मेरो संसार हौ, तिमी नै मेरो जिन्दगि हौ भन्थे । हामी दुईले हात समातेर जुनीजुनीसँगै मर्ने सँगै बाँच्ने बाचा गरेका थियौं । मलाई पनि नितेसको अंगालोमा हराई रहुँ जस्तो हुन्थ्यो ।
एक दिन नितेसलाई नदेख्दा यो संसारमा एक्लो भएको महसुस हुन्थ्यो ! हामी दुइको प्रेम दिनप्रतिदिन लैला–मज्नुको जस्तो गहिरिँदै गइरहेको थियो । मलाई नितेसबिनाको जिन्दगी कल्पना गर्न पनि गाह्रो हुन्थ्यो । जब नितेस र म भेट हुन्थ्यौ, संसारको सबै कुरा बिर्सी हामी दुर्इ छुटै संसारमा हराउँथ्यौ । हाम्रो प्रेमलाई देखेर होला यी सुन्दर प्रकृति एबं मानिसहरूले पनि डाहा गरिरहेको भान हुन्थ्यो । हाम्रो प्रेमको चर्चा गाउँघरतिर पनि चल्न थाल्यो ।
हामी बीचको सम्बन्ध घरपरिवारले पनि सुइँको पाएछन् । नितेस गरिब घरको छोरा थिएँ, जात पनि नमिल्ने यसैकारणले मलाई छिटो अर्को ठाउँमा विवाह गरिदिने मनसाय मेरो घर परिवारमा भयो । यतिकैमा मेरो विवाहको लागि पोखराबाट कुरा चल्न थाल्यो, आफ्नो ब्राह्मण जातको राम्रो घरपरिवार राम्रो केटाको कुरा आएपछि मलाई मेरो बाबा, मामुले मन पराएको केटासँग विवाह गरिदिने निर्णय गर्नुभयो । मैले विवाह अस्वीकार गरे, बाबा मामु निकै चिन्तित हुनुभयो । हामीले खोजेको केटासँग विवाह नगरे म आत्महत्या गरिदिन्छु भन्दै मामु रुन लाग्नुभयो । म दोधारमा परेँ आफ्नो प्रेमीलाई छोडम् कि लालनपालन गरी शिक्षादिक्षा दिई १० महिना गर्भमा राखी जन्म दिने आमालाई आत्महत्या गर्न दिउँ, मेरो मनमा ठूला् अन्तरद्वन्द चल्न थाल्यो । मलाई निर्णय गर्न निकै गाह्रो भयो । म पनि मेरो कारणले आफूलाई जन्म दिने आमाको आत्महत्या कसरी हेर्न सकुँ !
घरपरिवाबाट मलाई निकै दबाब आयो, अन्तिममा मलाई बाध्यतामा पारी बाबा-मामुले खोजेको केटासँग विवाह गर्ने निर्णय भयो, म आकाशबाट खसेको जस्तो भएँ । म मेरो प्राण प्यारो नितेसभन्दा टाढा हुन कसरी सक्थेँ र ! मेरो लागि विवाह पनि कुनै ठूलो सजायँ भयो । नितेस पनि मेरो विवाहको कुराले पागल जस्तो भएका थिए । मेरो हात समाएर ऋतु तिमीबिना म बाँच्न सक्दिन भन्दै बिलौना गरेर रुन लागे ।
म के गरौं ? मेरो जीवनमा ठूलो पहाड बनी आएको समस्यालाई मसँग कुनै विकल्प थिएन । मेरो मनभित्रको आधीबेहरीको बाबजुत पनि मेरो विवाह पोखराको सुमन नामको केटासँग तय भयो । विवाहको दिन तोकियो । विवाह भब्य रुपमा सम्पन्न भयो । म सुमनको बेहुली भएँ, म सुमनको घरमा बुहारी बनी भित्रिन पुगे । सबै घरपरिवारले कति सुन्दर बुहारी कति लक्षिनकी रहिछन् भनी प्रसंसा गर्न थाले । मलाई देखेर सबै परिवार खुसी थिए । सुमन पनि निकै खुसी भएका थिए । यतिकैमा राति भयो, मलाई सुमनको साथ सुहागरात मनाउनु पर्ने भयो । बिचार सुमन उनको के नै दोष थियो र ? उनले कस्तो सपना म भरि बुनेका थिए होलान ! म र सुमनको एउटै बिस्तरामा रात बित्यो ।
सुमन मनभरिका आफ्ना भावना मलाई वर्षाउन खोज्थे, तर पनि म सुमनको न्यायो अंगालोमा बाँधिन सकिन । सुमनले पनि मलाई कुनै करकाप-जबर्जस्ती गरेनन् । सुहागरात पनि निरस र अपुरो भयो । सुहागरातमा पनि म मेरो प्राण प्यारो नितेसलाई सम्झेर तड्पीरहेकी थिएँ । मेरो मन मस्तिष्कमा नितेसको बास थियो । कसरी म सुमनसँग सुहागरात मनाउन सक्थेँ र ! नितेसबिना मेरो संसार अन्धकार भएको थियो । मुटु त एउटा हुँदोरहेछ, एउटा मुटु कसैलाई दिइसकेकी थिएँ, फेरि कसैलाई दिन नसकिने रहेछ । मेरो मनमा उथलपुथल भुइँचालो गइरहेको थियो । ती पोखराका सुन्दर प्रकृतिले मेरो मनभित्रको उथलपुथललाई बुझ्न खोजिरहेको भान हुन्थ्यो । सुमनको अतिसुन्दर महल मेरो लागि मसान घरजस्तै भएको थियो । मेरो आँखामा वर्षाको झरीजस्तै झरी बर्सिरहेको थियो । मेरो मन केही गरे पनि खुसी हुन सकेन । सुमन मेरो खुसीको लागि धेरै ठाउँ घुमाउन लैजान्थे । पोखराको सुन्दर प्रकृति र सुन्दर सहरभित्र म आफै हराइरहेको महसुस हुन्थ्यो । केही गरे पनि म खुसी हुन सकिनँ ।
धेरै रातहरू सुमनको साथ बित्यो, म कहिले पनि सुमनको न्यायो अंगालोमा बाँधिन सकिन । सुमन मेरो मन जित्न धेरै कोसिस गर्थे, उनको मनभरिको भाबना र चाहना मलाई वर्षाएका हुन्थे, तर पनि मेरो मनले सुमनलार्इ स्वीकार गर्न सकेन । यस्तै ६ महिना बित्यो, सुमनको सिन्दुरले मात्र मलाई रंगायो । सुमनको निर्दोष भावनाले मलाई रंगाउन सकेन । म आफूले आफैलाई प्रश्न गर्थेँ- किन सुमनको विशाल एकोहोरो मायालाई मेरो मनले तिरस्कार गरिरहेछ ? बिचरा सुमनको के नै दोष थियो र ? मेरो नितेससँग फोनमा कुरा भइरहन्थ्यो । मेरो बेहाल देखेर नितेस निकै दुःखी हुन्थे ।
ऋतु ! तिमी सुमनको भइसक्यौ, सुमनसँग खुसी भएर बस, म जतिसुकै घाइते भएपनि तिम्रो खुसी मेरो खुसी हो, ऋतु ! तिमीले आफूलाई सम्हाल भनि नितेसले सम्झाउँथे । तर, पनि नितेससंगको प्रेम झनै मेरो विवाह पश्चात नटुट्ने डोरी जसरी लम्बिदै गयो । सागरसरी गहिरिँदै गयो । यतिकैमा मेरो बीएको परीक्षा आयो । मैले चितवन माइतीमा गएर परीक्षा दिनुपर्ने भयो । म माइत गएँ । परीक्षा पनि दिएर सकियो । मेरो नितेससँग धेरैजसो भेट भइरहन थाल्यो । म फेरि नितेसको न्यानो अंगालोमा हराउन थालेँ । साँच्चिनै यो मनले नितेसको न्यानो अंगालोबाट अलग हुन चाएन ।
हामी दुवै छुट्टिन नसक्ने अवस्था भयो । फेरि हाम्रो मिलन भयो, हामी दुवै सँगै जिन्दगी बिताउने निर्णयमा पुग्यौं । म नितेसको घरमा नितेसको जीवन साथी भएर एकसाथ हामी बस्न थाल्यौं । नितेससँगको साथ मेरो लागि स्वर्गसरी भयो । नितेससँगका मिठामिठा क्षण अतिनै रोमान्चक भए । म नितेसप्रति सदाको लागि समर्पित भएँ । यस्तै अति मिठो क्षण बिताउँदै थियौं ।
म लामो समयसम्म सुमनको घर पोखरा नफर्केपछि सुमन मलाई लिन चितवन मेरो माइती घर आएछन् । त्यस समय म सुमनको नभएर नितेसको भइसकेकी थिएँ । सुमन म प्रतिको एकोहोरो प्रेममा गहिरी सकेका रहेछन । जहिले पनि मसँग ‘ऋतु तिमी जस्ती अप्सरा जीवन साथी पाउनु मेरो भाग्य !’ भन्ने गर्थे । सुमनको एकोहोरो प्रेमले मलाई निकै आभारी बनाएको थियो । तर, के गर्ने साँच्चिनै मुटु त एउटा हुँदोरहेछ, एउटा मुटुलाई दुई ठाउँमा बाड्न नमिल्ने रहेछ ।
६ महिनाको सुमनसँगको साथमा मलाई सुमनले कहिले पनि मेरो ईच्छाबेगर कुनै दबाब दिएनन् । मेरो मन जित्न निकै कोसिस गरेका थिए । तर पनि मेरो मन मुटु कहिल्यै सुमनलाई दिन सकिनँ । कहिल्यै मेरो माया दिन सकिनँ । आखिर म मेरो प्रेमी नितेससँग साथ हुन पुगेँ । नितेसको प्रेममा रमाउन पुगेँ । नितेसको अंगालोमा हराउन पुगेँ । नितेससँग जिन्दगी बिताउने निर्णय गरेँ ।
यो सबै कुरा सुमनलाई थाहा भयो, सुमनले आफूलाई सम्हाल्न सकेनन् । उनले मलाई पत्र लेखे छन्– ‘मेरी प्राण प्यारी ऋतु… ! जन्मौ जन्म तिमीलाई प्यार, तिमीले जे गर्यौं राम्रो गर्यौं । तिम्रो केही दोष छैन । प्रिया, तिमी मेरो धड्कनमा हरदम रहने छौं । प्रिया, तिमी भौतिक रुपमा मेरो साथ नभए पनि मेरो प्रेम तिम्रो साथ सदासदाको लागि रहनेछ । मेरो सम्पूर्ण सम्पति ऋतुलाई दिनु ! ऋतुको कुनै दोष छैन’ भनी लेखेको पन्नाको पत्र सिरानीमा राखी बिस सेवन गरेर उनी सदासदाको लागि यो संसारबाट बिदा भए।
म मेरो नितेससँगको पुनर्मिलनले संसारको सबै कुरा बिर्सिएर रमाउँदै थिएँ । एक्कासी सुमनको मृत्युको खबरले मलाई आकाशबाट खसेको जस्तो भयो । म भाबबिभोर भएँ, सुमनले मप्रति गरेको मायालु व्यवहारले क्षतबिक्षत भएँ । सुमनले मायाको भिख मागे पनि मैले माया दिन सकिनँ । जीवनको भिख मागे जीवन दिन सकिनँ । उफ ! मलाई निकै पश्चाताप भयो, जिन्दगीभर पश्चाताप भइरहेको छ !
(कथाकार खरेल एक दशकदेखि इजरालमा बस्दै आएकी छन्)
via -dainiknepal
हरेक शनिबार हामी डेटिंग जान्थ्यौं । समय बित्दै गयो । हामी दुईको प्रेम झन् झन् झाँगिदै गयो, जब हामी डेटिंग गएको बेला संगै हुन्थ्यौं, नितेसले मेरो कपाल सुम्सुम्याउँदै भन्थे- ऋतु म तिम्रो साथभन्दा टाढा कहिले पनि हुन सक्दिन । तिमी मेरो धड्कनमा हौं, तिमी नै मेरो संसार हौ, तिमी नै मेरो जिन्दगि हौ भन्थे । हामी दुईले हात समातेर जुनीजुनीसँगै मर्ने सँगै बाँच्ने बाचा गरेका थियौं । मलाई पनि नितेसको अंगालोमा हराई रहुँ जस्तो हुन्थ्यो ।
एक दिन नितेसलाई नदेख्दा यो संसारमा एक्लो भएको महसुस हुन्थ्यो ! हामी दुइको प्रेम दिनप्रतिदिन लैला–मज्नुको जस्तो गहिरिँदै गइरहेको थियो । मलाई नितेसबिनाको जिन्दगी कल्पना गर्न पनि गाह्रो हुन्थ्यो । जब नितेस र म भेट हुन्थ्यौ, संसारको सबै कुरा बिर्सी हामी दुर्इ छुटै संसारमा हराउँथ्यौ । हाम्रो प्रेमलाई देखेर होला यी सुन्दर प्रकृति एबं मानिसहरूले पनि डाहा गरिरहेको भान हुन्थ्यो । हाम्रो प्रेमको चर्चा गाउँघरतिर पनि चल्न थाल्यो ।
घरपरिवाबाट मलाई निकै दबाब आयो, अन्तिममा मलाई बाध्यतामा पारी बाबा-मामुले खोजेको केटासँग विवाह गर्ने निर्णय भयो, म आकाशबाट खसेको जस्तो भएँ । म मेरो प्राण प्यारो नितेसभन्दा टाढा हुन कसरी सक्थेँ र ! मेरो लागि विवाह पनि कुनै ठूलो सजायँ भयो । नितेस पनि मेरो विवाहको कुराले पागल जस्तो भएका थिए । मेरो हात समाएर ऋतु तिमीबिना म बाँच्न सक्दिन भन्दै बिलौना गरेर रुन लागे ।
म के गरौं ? मेरो जीवनमा ठूलो पहाड बनी आएको समस्यालाई मसँग कुनै विकल्प थिएन । मेरो मनभित्रको आधीबेहरीको बाबजुत पनि मेरो विवाह पोखराको सुमन नामको केटासँग तय भयो । विवाहको दिन तोकियो । विवाह भब्य रुपमा सम्पन्न भयो । म सुमनको बेहुली भएँ, म सुमनको घरमा बुहारी बनी भित्रिन पुगे । सबै घरपरिवारले कति सुन्दर बुहारी कति लक्षिनकी रहिछन् भनी प्रसंसा गर्न थाले । मलाई देखेर सबै परिवार खुसी थिए । सुमन पनि निकै खुसी भएका थिए । यतिकैमा राति भयो, मलाई सुमनको साथ सुहागरात मनाउनु पर्ने भयो । बिचार सुमन उनको के नै दोष थियो र ? उनले कस्तो सपना म भरि बुनेका थिए होलान ! म र सुमनको एउटै बिस्तरामा रात बित्यो ।
सुमन मनभरिका आफ्ना भावना मलाई वर्षाउन खोज्थे, तर पनि म सुमनको न्यायो अंगालोमा बाँधिन सकिन । सुमनले पनि मलाई कुनै करकाप-जबर्जस्ती गरेनन् । सुहागरात पनि निरस र अपुरो भयो । सुहागरातमा पनि म मेरो प्राण प्यारो नितेसलाई सम्झेर तड्पीरहेकी थिएँ । मेरो मन मस्तिष्कमा नितेसको बास थियो । कसरी म सुमनसँग सुहागरात मनाउन सक्थेँ र ! नितेसबिना मेरो संसार अन्धकार भएको थियो । मुटु त एउटा हुँदोरहेछ, एउटा मुटु कसैलाई दिइसकेकी थिएँ, फेरि कसैलाई दिन नसकिने रहेछ । मेरो मनमा उथलपुथल भुइँचालो गइरहेको थियो । ती पोखराका सुन्दर प्रकृतिले मेरो मनभित्रको उथलपुथललाई बुझ्न खोजिरहेको भान हुन्थ्यो । सुमनको अतिसुन्दर महल मेरो लागि मसान घरजस्तै भएको थियो । मेरो आँखामा वर्षाको झरीजस्तै झरी बर्सिरहेको थियो । मेरो मन केही गरे पनि खुसी हुन सकेन । सुमन मेरो खुसीको लागि धेरै ठाउँ घुमाउन लैजान्थे । पोखराको सुन्दर प्रकृति र सुन्दर सहरभित्र म आफै हराइरहेको महसुस हुन्थ्यो । केही गरे पनि म खुसी हुन सकिनँ ।
धेरै रातहरू सुमनको साथ बित्यो, म कहिले पनि सुमनको न्यायो अंगालोमा बाँधिन सकिन । सुमन मेरो मन जित्न धेरै कोसिस गर्थे, उनको मनभरिको भाबना र चाहना मलाई वर्षाएका हुन्थे, तर पनि मेरो मनले सुमनलार्इ स्वीकार गर्न सकेन । यस्तै ६ महिना बित्यो, सुमनको सिन्दुरले मात्र मलाई रंगायो । सुमनको निर्दोष भावनाले मलाई रंगाउन सकेन । म आफूले आफैलाई प्रश्न गर्थेँ- किन सुमनको विशाल एकोहोरो मायालाई मेरो मनले तिरस्कार गरिरहेछ ? बिचरा सुमनको के नै दोष थियो र ? मेरो नितेससँग फोनमा कुरा भइरहन्थ्यो । मेरो बेहाल देखेर नितेस निकै दुःखी हुन्थे ।
ऋतु ! तिमी सुमनको भइसक्यौ, सुमनसँग खुसी भएर बस, म जतिसुकै घाइते भएपनि तिम्रो खुसी मेरो खुसी हो, ऋतु ! तिमीले आफूलाई सम्हाल भनि नितेसले सम्झाउँथे । तर, पनि नितेससंगको प्रेम झनै मेरो विवाह पश्चात नटुट्ने डोरी जसरी लम्बिदै गयो । सागरसरी गहिरिँदै गयो । यतिकैमा मेरो बीएको परीक्षा आयो । मैले चितवन माइतीमा गएर परीक्षा दिनुपर्ने भयो । म माइत गएँ । परीक्षा पनि दिएर सकियो । मेरो नितेससँग धेरैजसो भेट भइरहन थाल्यो । म फेरि नितेसको न्यानो अंगालोमा हराउन थालेँ । साँच्चिनै यो मनले नितेसको न्यानो अंगालोबाट अलग हुन चाएन ।
हामी दुवै छुट्टिन नसक्ने अवस्था भयो । फेरि हाम्रो मिलन भयो, हामी दुवै सँगै जिन्दगी बिताउने निर्णयमा पुग्यौं । म नितेसको घरमा नितेसको जीवन साथी भएर एकसाथ हामी बस्न थाल्यौं । नितेससँगको साथ मेरो लागि स्वर्गसरी भयो । नितेससँगका मिठामिठा क्षण अतिनै रोमान्चक भए । म नितेसप्रति सदाको लागि समर्पित भएँ । यस्तै अति मिठो क्षण बिताउँदै थियौं ।
म लामो समयसम्म सुमनको घर पोखरा नफर्केपछि सुमन मलाई लिन चितवन मेरो माइती घर आएछन् । त्यस समय म सुमनको नभएर नितेसको भइसकेकी थिएँ । सुमन म प्रतिको एकोहोरो प्रेममा गहिरी सकेका रहेछन । जहिले पनि मसँग ‘ऋतु तिमी जस्ती अप्सरा जीवन साथी पाउनु मेरो भाग्य !’ भन्ने गर्थे । सुमनको एकोहोरो प्रेमले मलाई निकै आभारी बनाएको थियो । तर, के गर्ने साँच्चिनै मुटु त एउटा हुँदोरहेछ, एउटा मुटुलाई दुई ठाउँमा बाड्न नमिल्ने रहेछ ।
६ महिनाको सुमनसँगको साथमा मलाई सुमनले कहिले पनि मेरो ईच्छाबेगर कुनै दबाब दिएनन् । मेरो मन जित्न निकै कोसिस गरेका थिए । तर पनि मेरो मन मुटु कहिल्यै सुमनलाई दिन सकिनँ । कहिल्यै मेरो माया दिन सकिनँ । आखिर म मेरो प्रेमी नितेससँग साथ हुन पुगेँ । नितेसको प्रेममा रमाउन पुगेँ । नितेसको अंगालोमा हराउन पुगेँ । नितेससँग जिन्दगी बिताउने निर्णय गरेँ ।
यो सबै कुरा सुमनलाई थाहा भयो, सुमनले आफूलाई सम्हाल्न सकेनन् । उनले मलाई पत्र लेखे छन्– ‘मेरी प्राण प्यारी ऋतु… ! जन्मौ जन्म तिमीलाई प्यार, तिमीले जे गर्यौं राम्रो गर्यौं । तिम्रो केही दोष छैन । प्रिया, तिमी मेरो धड्कनमा हरदम रहने छौं । प्रिया, तिमी भौतिक रुपमा मेरो साथ नभए पनि मेरो प्रेम तिम्रो साथ सदासदाको लागि रहनेछ । मेरो सम्पूर्ण सम्पति ऋतुलाई दिनु ! ऋतुको कुनै दोष छैन’ भनी लेखेको पन्नाको पत्र सिरानीमा राखी बिस सेवन गरेर उनी सदासदाको लागि यो संसारबाट बिदा भए।
म मेरो नितेससँगको पुनर्मिलनले संसारको सबै कुरा बिर्सिएर रमाउँदै थिएँ । एक्कासी सुमनको मृत्युको खबरले मलाई आकाशबाट खसेको जस्तो भयो । म भाबबिभोर भएँ, सुमनले मप्रति गरेको मायालु व्यवहारले क्षतबिक्षत भएँ । सुमनले मायाको भिख मागे पनि मैले माया दिन सकिनँ । जीवनको भिख मागे जीवन दिन सकिनँ । उफ ! मलाई निकै पश्चाताप भयो, जिन्दगीभर पश्चाताप भइरहेको छ !
(कथाकार खरेल एक दशकदेखि इजरालमा बस्दै आएकी छन्)
via -dainiknepal
स्तनको आकार र आयतनको महत्त्व:
स्तन यौनअंग पनि हो । यसले महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैलाई यौन आनन्दको स्रोत हुन सक्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरू स्वास्थ्यभन्दा सुन्दरताका कारणले यो विषयमा बढी चिन्ता गर्छन् । अचेल शरीर अति नै दुब्लो अनि स्तनचाहिँ ठूलो हुनुपर्ने फेसन छ जुन काम त्यति सजिलो छै न । फेरि चित्र वा चलचित्रमा जुन चलाखीले स्तनलाई आकर्षक बनाइएको हुन्छ, त्यसलाई हाम्रो सामाजिक जीवनमा व्यवहारमा उतार्न पनि सजिलो छैन । सानो स्तन हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलतामा वा शिशुलाई पछि स्तनपान गराउनमा असक्षम हुने होइन ।
इजराइल आउदा घटेको कहानी ,, म दोश्रो विहे गर्न चाहन्छु
म निजी विद्यालयमा शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माविमा पढाउनुहुन्थ्यो । दुई छोरा छोरी । काठमाडौंमा एउटा पुस्तैनी घर । हाम्रो भागमा बस्नलाई तीन कोठा । हामीलाई पर्याप्त थियो । घरभाडा तिर्नु नपर्ने भएकाले दुई बूढाबूढीको कमाइ छेलोखेलो थियो ।
एकदिन श्रीमानले के के सुनेर आउनुभयो, अनायास नै राति इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त सधैजसो इजरायलका बारेमा केही न केही नयाँ कुरा ल्याएर मलाई सुनाउन थाल्नुभयो । एकदिन मैले झर्को मान्दै भनें, ‘हामीलाई के काम इजरायलको गफ । नजाने गाउँको बाटै नसोध्नु ।’
‘किन र तिमी पनि जाऊ न इजरायल । अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ थोरै छ, होइन बरू म यहाँ केटाकेटी स्याहारेर बस्छु, हाम्रो पनि आथिर्क हैसियत अलि उकालौं । सधै यही तीन कोठामा जिन्दगी बिताउने ? भोलिका दिनमा छोराछोरीको विवाह पनि त गर्नुपर्छ, सोच न ।’
श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाब बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुपर्यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर उहाँले मलाई इजरायल जाने व्यवस्था मिलाइदिनुभयो । सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी अर्थात् अभिभावकको बढी आवश्यकता हुने बेलामा नाबालकहरूलाई छाडेर म इजरायल गएँ ।
इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान र छोराछोरीबाट टाढा नभएकी म एक्कासि सात समुद्रपारि पुगेकी थिएँ । मनलाई सम्झाउन निकै कठिन भैरहेको थियो । इजरायलमा काम गर्न र एडजस्ट हुन निकै कठिन भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । केयर गिभर भनिएपनि म घरकी नोकर्नी नै थिएँ । सुरुसुरुमा त कति रोएँ कति । तर के गर्नु सबै भताभुङग बनाएर म त्यता पसेकी थिएँ । फकिर्एर फेरि के गर्ने ?
मेरो तलब आएकै दिन म सबै पैसा श्रीमानलाई पठाइदिन्थें । मलाई खान बस्न पैसा खर्च नहुने । एकदिन पाउने बिदामा पनि त्यही घरमा काम गरिदिए अतिरिक्त आम्दानी हुने हुँदा फोन गर्न र सानोतिनो खर्च त्यही पैसाले पुगिहाल्थ्यो । मेरो महिना सुरु हुन नपाउँदै श्रीमानको लिस्ट आइहाल्थ्यो । म कहिलेकाहीँ भन्थें ‘जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी छु, त्यो पहिले पूरा गरौं । यसरी फाल्तु खर्च किन गर्ने ?’
‘तिमी तीन–चार वर्ष बसिहाल्छयौ, त्यहाँ पैसा भैहाल्छ, हाम्रा योजनाहरू पूरा गर्नुपर्छ ।’ उहाँले भन्नुहुन्थ्यो ।
मैले पैसा बचत गर्न सम्झाइरहन्थें । एकदिन श्रीमानले फोन गरेर भन्नुभयो ‘साथीहरूले मिलेर एउटा + २ सम्म पढाइ हुने स्कुल चलाउन हामीलाई पनि पैसा हाल्न भनेका छन् । तिमीले त्यहाँ ऋण गरेर भए पनि १० लाख पठाइदेऊ न । स्कुलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भैहाल्छ ।’
कुरा राम्रै लाग्यो । साथीहरूसित ऋण लिएर मैले आठ लाख पठाइदिएँ । ओभरटाइम पनि गरेर साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमानको भनाइअनुसार स्कुल राम्रैसित चलिरहेको थियो । मलाई साथीहरूको ऋण तिर्न १० महिना लाग्यो ।
११ महिनाको तलब थापेकी पनि थिइन, श्रीमानको फर्माइस आयो ‘स्कुलमा क्यान्टिनमा पनि आफैंले लगानी गरियो भने त अझ बढी आम्दानी हुन्छ, फेरि मलाई एकमुुष्ट पैसा पठाइदेऊ ।’ सबैभन्दा नजिकको सम्बन्ध श्रीमान श्रीमति कसरी शंका गर्ने ? फेरि ऋण गरेर ६ लाख पठाइ दिएँ ।
फोनबाट कुरा गर्दा छोराछोरी र सासू ससुरा सबै खुसी थिए । स्कुल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ । जे होस अब नेपाल फकिर्एपछि त आफ्नै स्कुल हुन्छ भन्ने लागेको थियो ।
फागु पूणिर्माका दिन छोराले फोनमा रुँदै भन्यो, ‘मामु, बुबाले बर्बाद गर्नुभयो ।’
‘के भयो, किन रोएको, के गर्नुभयो बुबाले ?’छोराले बोल्न सकेन । फोनमा छोरीको फेरि आवाज आयो । ‘मामु बुबाले त अर्की विवाह गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थियो । हजुरबुबा–हजुरआमालाई हजुरहरूको नाति भनेर चिनाउनुभयो । हामीलाई तिमीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि बुबाले विवाह गरेको नै दुई वर्ष भै सकेको भन्नुभयो । तपाईलाई थाहा नहोस् भनेर नै बुबाले इजरायल पठाउनुभएको रे ।’
म छाँगाबाट खसेझैं भएँ । विगतका दिनहरू सबै नाच्न थाले आँखाअगाडि । ओहो, आज आएर सम्झदैछु । त्यो समयमा एकाएक आएको परिवर्तन झल्भली भयो । कसरी मलाई इजरायल पठायो ? कसरी मसितबाट सबै पैसा लियो ? सबै एकै पटक मथिगंलमा घुमे ।
मैले सासूसित कुरा गरें । सासूले पनि हो भन्नुभयो । श्रीमानलाई फोन गरें । फोन अफ छ । छोराछोरी रोएका रोयै छन् । चार दिनपछि राति श्रीमानको फोन उठ्यो । तर महिलाले फोन उठाइन् ।
मैले ‘तपाईं को ?’ भनेर सोधें ।
उनले भनिन् ‘म दिनेशकी श्रीमति’
‘दिनेशकी श्रीमति त म पो हुँ, तिमी को हौ ? दिनेश खोइ ?’
यति भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए । सासू–ससुरासित पहिल्यै छुट्टिसकेकाले केटाकेटी आफै पकाएर खान्थे ।
म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइनँ । ऋण भएकाले नेपाल आएर पनि के गर्ने ? माइतीमा फोन गरेर भाइसँग रोएँ । भाइलाई स्कुलमा लगानी के कति छ बुझ भनें । मैले पठाएको पैसा स्कुलमा लगानी भएको त रहेछ तर सेयर होल्डरमा त कान्छी श्रीमतिको नाम रहेछ । क्यान्टिन पनि उसैले चलाएकी थिई ।
एउटा डान्स रेस्टुराँमा नाच्ने केटी ल्याएको रहेछ । मेरो पैसाले कान्छीको नाममा सेयर किनिदिएछ । अनपढलाई फेरि नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको । जे होस्, म र छोराछोरी बर्बाद भएका थियौं । छोराछोरीलाई सम्झाएँ । पढाइमा मन लगाऊ भनें । तर उनीहरूको पढाइ के भयो होला ? मैले जतिसक्दो चाँडो ऋण तिरेर नेपाल र्फकने कुरा भाइलाई सुनाएँ । भाइले भन्यो, ‘दिदी, हामी भान्जा भान्जीलाई ल्याएर राख्छौं, तिमी भोलिको दिनलाई पनि केही आफ्नो व्यवस्था गरेर मात्र फर्क ।’
दिन बित्दै गए । ऋण पनि तिरियो । म घर र्फकन्छु भन्दै थिएँ । छोराले फोनमा भन्यो ‘तिमीहरू मामा घरमा गएर बस म र सानीआमा यहाँ बस्छौ भनेर बुवाले भन्नुभयो, हामीले मानेनौं ।’
अब त्यो घर पनि गयो भने त बस्ने बास पनि हुँदैन । मैले छोराछोरीलाई मामाघर पनि नजाओ कोठा पनि नछोड भनें । यसबीच छोरीले एसएलसी उत्तीर्ण गरिन् । छोरो कुलतमा लाग्छ कि भन्ने चिन्ता थियो । मेरो त सब बर्बाद भैसकेको थियो । विवाहको रातदेखि अहिलेसम्म श्रीमानले मसित गरेको माया, सरसल्लाह, भावी योजना सबै सिनेमाका रिलझैं मेरा सामु नाचिरहेका थिए ।
म इजरायल आएको चार वर्ष भयो । छोराछोरी दुवै कलेज पढ्दैछन् । घरमा बाबु र सानी आमालाई आउन दिएनन् ।
छोरीको फोन आयो, उनले विवाह गर्ने रे । आफूसँगै पढ्ने पोखरा घर भएको केटासित । भनि ‘मामु आएर मेरो विवाह गरिदिनू ।’
म दसंैमा घर आएँ, नवमीको दिन छोरीको विवाह गरिदिएँ । बाबु आए । कान्छीलाई भने ल्याएका थिएनन् । तर छोरो साथै थियो । हाम्रो बोलचाल पनि भएन । छोरी घर गई ।
छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ । भोलि उसको पनि विवाह होला । त्यसपछि मेरो साथमा को त ? छोराछोरी श्रीमान सब पर ।
एक मन भन्छ, समय अनुसार चल्नैपर्ने मान्छेको नियति हो । जब मान्छेले सत्यबोध गर्छ उसलाई कुनै कुराले दुखाउँदैन । मलाई पनि त्यस्तै भैरहेको छ ।
जिन्दगी एकपल्ट मिल्छ, एउटा असल व्यक्तिसित विवाह गरूँ कि ? जब श्रीमानको जरुरत बढी पर्छ ,त्यतिबेला मलाई धोका भएको थियो भने मैले उसको नाम लिएर किन बस्ने ?
तर समस्या केटालाई केटी फकाउन सजिलो हुन्छ होला र त दोश्रो विवाह सजिलै गर्छन् ।
तर म कसलाई भनूँ मसित विवाह गर्छौ भनेर ? के भन्ने सासुलाई ? नयाँ श्रीमान् चाहियो भन्ने ? मलाई धोका दिने श्रीमानलाई देखाउन भए पनि म अर्को विवाह गर्न चाहन्छु । तर कोसित …?
म निजी विद्यालयमा शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माविमा पढाउनुहुन्थ्यो । दुई छोरा छोरी । काठमाडौंमा एउटा पुस्तैनी घर । हाम्रो भागमा बस्नलाई तीन कोठा । हामीलाई पर्याप्त थियो । घरभाडा तिर्नु नपर्ने भएकाले दुई बूढाबूढीको कमाइ छेलोखेलो थियो ।
एकदिन श्रीमानले के के सुनेर आउनुभयो, अनायास नै राति इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त सधैजसो इजरायलका बारेमा केही न केही नयाँ कुरा ल्याएर मलाई सुनाउन थाल्नुभयो । एकदिन मैले झर्को मान्दै भनें, ‘हामीलाई के काम इजरायलको गफ । नजाने गाउँको बाटै नसोध्नु ।’‘किन र तिमी पनि जाऊ न इजरायल । अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ थोरै छ, होइन बरू म यहाँ केटाकेटी स्याहारेर बस्छु, हाम्रो पनि आथिर्क हैसियत अलि उकालौं । सधै यही तीन कोठामा जिन्दगी बिताउने ? भोलिका दिनमा छोराछोरीको विवाह पनि त गर्नुपर्छ, सोच न ।’
श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाब बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुपर्यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर उहाँले मलाई इजरायल जाने व्यवस्था मिलाइदिनुभयो । सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी अर्थात् अभिभावकको बढी आवश्यकता हुने बेलामा नाबालकहरूलाई छाडेर म इजरायल गएँ ।
इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान र छोराछोरीबाट टाढा नभएकी म एक्कासि सात समुद्रपारि पुगेकी थिएँ । मनलाई सम्झाउन निकै कठिन भैरहेको थियो । इजरायलमा काम गर्न र एडजस्ट हुन निकै कठिन भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । केयर गिभर भनिएपनि म घरकी नोकर्नी नै थिएँ । सुरुसुरुमा त कति रोएँ कति । तर के गर्नु सबै भताभुङग बनाएर म त्यता पसेकी थिएँ । फकिर्एर फेरि के गर्ने ?
मेरो तलब आएकै दिन म सबै पैसा श्रीमानलाई पठाइदिन्थें । मलाई खान बस्न पैसा खर्च नहुने । एकदिन पाउने बिदामा पनि त्यही घरमा काम गरिदिए अतिरिक्त आम्दानी हुने हुँदा फोन गर्न र सानोतिनो खर्च त्यही पैसाले पुगिहाल्थ्यो । मेरो महिना सुरु हुन नपाउँदै श्रीमानको लिस्ट आइहाल्थ्यो । म कहिलेकाहीँ भन्थें ‘जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी छु, त्यो पहिले पूरा गरौं । यसरी फाल्तु खर्च किन गर्ने ?’
‘तिमी तीन–चार वर्ष बसिहाल्छयौ, त्यहाँ पैसा भैहाल्छ, हाम्रा योजनाहरू पूरा गर्नुपर्छ ।’ उहाँले भन्नुहुन्थ्यो ।
मैले पैसा बचत गर्न सम्झाइरहन्थें । एकदिन श्रीमानले फोन गरेर भन्नुभयो ‘साथीहरूले मिलेर एउटा + २ सम्म पढाइ हुने स्कुल चलाउन हामीलाई पनि पैसा हाल्न भनेका छन् । तिमीले त्यहाँ ऋण गरेर भए पनि १० लाख पठाइदेऊ न । स्कुलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भैहाल्छ ।’
कुरा राम्रै लाग्यो । साथीहरूसित ऋण लिएर मैले आठ लाख पठाइदिएँ । ओभरटाइम पनि गरेर साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमानको भनाइअनुसार स्कुल राम्रैसित चलिरहेको थियो । मलाई साथीहरूको ऋण तिर्न १० महिना लाग्यो ।
११ महिनाको तलब थापेकी पनि थिइन, श्रीमानको फर्माइस आयो ‘स्कुलमा क्यान्टिनमा पनि आफैंले लगानी गरियो भने त अझ बढी आम्दानी हुन्छ, फेरि मलाई एकमुुष्ट पैसा पठाइदेऊ ।’ सबैभन्दा नजिकको सम्बन्ध श्रीमान श्रीमति कसरी शंका गर्ने ? फेरि ऋण गरेर ६ लाख पठाइ दिएँ ।
फोनबाट कुरा गर्दा छोराछोरी र सासू ससुरा सबै खुसी थिए । स्कुल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ । जे होस अब नेपाल फकिर्एपछि त आफ्नै स्कुल हुन्छ भन्ने लागेको थियो ।
फागु पूणिर्माका दिन छोराले फोनमा रुँदै भन्यो, ‘मामु, बुबाले बर्बाद गर्नुभयो ।’
‘के भयो, किन रोएको, के गर्नुभयो बुबाले ?’छोराले बोल्न सकेन । फोनमा छोरीको फेरि आवाज आयो । ‘मामु बुबाले त अर्की विवाह गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थियो । हजुरबुबा–हजुरआमालाई हजुरहरूको नाति भनेर चिनाउनुभयो । हामीलाई तिमीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि बुबाले विवाह गरेको नै दुई वर्ष भै सकेको भन्नुभयो । तपाईलाई थाहा नहोस् भनेर नै बुबाले इजरायल पठाउनुभएको रे ।’
म छाँगाबाट खसेझैं भएँ । विगतका दिनहरू सबै नाच्न थाले आँखाअगाडि । ओहो, आज आएर सम्झदैछु । त्यो समयमा एकाएक आएको परिवर्तन झल्भली भयो । कसरी मलाई इजरायल पठायो ? कसरी मसितबाट सबै पैसा लियो ? सबै एकै पटक मथिगंलमा घुमे ।
मैले सासूसित कुरा गरें । सासूले पनि हो भन्नुभयो । श्रीमानलाई फोन गरें । फोन अफ छ । छोराछोरी रोएका रोयै छन् । चार दिनपछि राति श्रीमानको फोन उठ्यो । तर महिलाले फोन उठाइन् ।
मैले ‘तपाईं को ?’ भनेर सोधें ।
उनले भनिन् ‘म दिनेशकी श्रीमति’
‘दिनेशकी श्रीमति त म पो हुँ, तिमी को हौ ? दिनेश खोइ ?’
यति भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए । सासू–ससुरासित पहिल्यै छुट्टिसकेकाले केटाकेटी आफै पकाएर खान्थे ।
म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइनँ । ऋण भएकाले नेपाल आएर पनि के गर्ने ? माइतीमा फोन गरेर भाइसँग रोएँ । भाइलाई स्कुलमा लगानी के कति छ बुझ भनें । मैले पठाएको पैसा स्कुलमा लगानी भएको त रहेछ तर सेयर होल्डरमा त कान्छी श्रीमतिको नाम रहेछ । क्यान्टिन पनि उसैले चलाएकी थिई ।
एउटा डान्स रेस्टुराँमा नाच्ने केटी ल्याएको रहेछ । मेरो पैसाले कान्छीको नाममा सेयर किनिदिएछ । अनपढलाई फेरि नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको । जे होस्, म र छोराछोरी बर्बाद भएका थियौं । छोराछोरीलाई सम्झाएँ । पढाइमा मन लगाऊ भनें । तर उनीहरूको पढाइ के भयो होला ? मैले जतिसक्दो चाँडो ऋण तिरेर नेपाल र्फकने कुरा भाइलाई सुनाएँ । भाइले भन्यो, ‘दिदी, हामी भान्जा भान्जीलाई ल्याएर राख्छौं, तिमी भोलिको दिनलाई पनि केही आफ्नो व्यवस्था गरेर मात्र फर्क ।’
दिन बित्दै गए । ऋण पनि तिरियो । म घर र्फकन्छु भन्दै थिएँ । छोराले फोनमा भन्यो ‘तिमीहरू मामा घरमा गएर बस म र सानीआमा यहाँ बस्छौ भनेर बुवाले भन्नुभयो, हामीले मानेनौं ।’
अब त्यो घर पनि गयो भने त बस्ने बास पनि हुँदैन । मैले छोराछोरीलाई मामाघर पनि नजाओ कोठा पनि नछोड भनें । यसबीच छोरीले एसएलसी उत्तीर्ण गरिन् । छोरो कुलतमा लाग्छ कि भन्ने चिन्ता थियो । मेरो त सब बर्बाद भैसकेको थियो । विवाहको रातदेखि अहिलेसम्म श्रीमानले मसित गरेको माया, सरसल्लाह, भावी योजना सबै सिनेमाका रिलझैं मेरा सामु नाचिरहेका थिए ।
म इजरायल आएको चार वर्ष भयो । छोराछोरी दुवै कलेज पढ्दैछन् । घरमा बाबु र सानी आमालाई आउन दिएनन् ।
छोरीको फोन आयो, उनले विवाह गर्ने रे । आफूसँगै पढ्ने पोखरा घर भएको केटासित । भनि ‘मामु आएर मेरो विवाह गरिदिनू ।’
म दसंैमा घर आएँ, नवमीको दिन छोरीको विवाह गरिदिएँ । बाबु आए । कान्छीलाई भने ल्याएका थिएनन् । तर छोरो साथै थियो । हाम्रो बोलचाल पनि भएन । छोरी घर गई ।
छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ । भोलि उसको पनि विवाह होला । त्यसपछि मेरो साथमा को त ? छोराछोरी श्रीमान सब पर ।
एक मन भन्छ, समय अनुसार चल्नैपर्ने मान्छेको नियति हो । जब मान्छेले सत्यबोध गर्छ उसलाई कुनै कुराले दुखाउँदैन । मलाई पनि त्यस्तै भैरहेको छ ।
जिन्दगी एकपल्ट मिल्छ, एउटा असल व्यक्तिसित विवाह गरूँ कि ? जब श्रीमानको जरुरत बढी पर्छ ,त्यतिबेला मलाई धोका भएको थियो भने मैले उसको नाम लिएर किन बस्ने ?
तर समस्या केटालाई केटी फकाउन सजिलो हुन्छ होला र त दोश्रो विवाह सजिलै गर्छन् ।
तर म कसलाई भनूँ मसित विवाह गर्छौ भनेर ? के भन्ने सासुलाई ? नयाँ श्रीमान् चाहियो भन्ने ? मलाई धोका दिने श्रीमानलाई देखाउन भए पनि म अर्को विवाह गर्न चाहन्छु । तर कोसित …?
टोरोन्टो । आगामी सन २०१५ जनवरी देखि प्रारम्भ हुन लागेको क्यानडा सरकारको Express Entry प्रणालीमा जुनसुकै व्यवशायमा कार्य गरेको र कुनैपनि विबषयमा अध्ययन भएका व्यक्तिहरुले आवेदन गर्न पाउने छन् भने आवेदकहरुको संख्याको कुनै सिमा नरहने जनाइएको छ ।
हाल प्रचलित Federal Skilled Worker प्रणालीमा २०१४ डिसेम्बरसम्ममा जम्मा ५० वटा व्यवशायका २५,००० वटा मात्र आवेदन लिइनेमा उक्त सीमा सन २०१५ देखि रहने छैन । कुनैपनि बिषयमा अध्ययन गरेका र कुनैपनि व्यवशायमा काम गरेका व्यक्तिहरुले Express Entry मार्फत स्थायी भिसा आवेदन गर्न सक्नेछन् ।
क्यानडाको अध्यागमन विभागबाट प्राप्त जानकारीअनुसार Express Entry प्रणालीमा निम्न तरिकाले अगाडी बढ्न सकिने छः
१) सबैभन्दा पहिले इच्छुक व्यक्तिहरुले क्यानडा सरकारको Express Entry Pool मा इन्टरनेट मार्फत आफ्नो व्यक्तिगत बिबरण पेश गरी क्यानडामा बसोवास गर्न इच्छा जाहेर गर्नुपर्दछ ।
२) तत्पश्चात उक्त व्यक्तिको बिबरणअनुसार उमेर, शैक्षिक योग्यता, कामको अनुभव, अंग्रेजी भाषाको ज्ञान, आदी लगाएतको अध्ययन गरी क्यानडाको लागि दक्ष जनशक्ति मानिएमा Express Entry Pool मा सो आवेदकको बिबरण प्रकाशित गरिनेछ । दक्ष जनशक्तिको मतलब उक्त व्यक्ति क्यानडामा गएर काम गर्न र त्यहाँको कम्पनीहरुको माग बमोजिमको शैक्षिक एवं सीप भएको हुनेपर्दछ ।
३) त्यसरी Express Entry Pool मा राख्नका लागि योग्य मानिएका आवेदकहरुको बिवरणलाई क्यानडाका कम्पनीहरुले आफ्नो आवश्यकताबमोजिम छनौट गरी क्यानडामा कामको अफर (Job Offer) प्रदान गर्नेछ । आवेदकले आफै ती कम्पनीहरुमा क्यानडाको जबव्यांक (Job Bank) मार्फत Job Offer का लागि आवेदन गर्नुपर्नेहुन्छ । त्यसका लागि आवेदकले Job Bank (http://www.jobbank.gc.ca) मा खाता खोली आफ्नो बिबरण प्रकाशित गर्नुपर्ने र कम्पनीहरुसँग सम्पर्कमा रहनुपर्ने हुन्छ ।
४) यसरी कामको अफर (Job Offer) प्राप्त व्यक्तिहरुलाई क्यानडाको अध्यागमन बिभागले क्यानडाको स्थायी भिसा आवेदन गर्नका लागि आमन्त्रण गर्नेछ । उक्त आमन्त्रण प्राप्त भएको दुई महिनाभित्रमा आवेदन गरीसक्नुपर्नेहुन्छ ।
५) कामको अफर नपाएका व्यक्तिहरु यदी धेरै मागभएको व्यवशायमा काम गरेका र सोही प्रकारका सीप भएको पाइएमा क्यानडा सरकारले सिँधा स्थायी भिसाको लागि आवेदन समेत गर्न सक्नेछ । यस बारेमा भने वृस्तीत विवरण पछि आउने छ ।
६) क्यानडाको स्थायी भिसा आवेदन गरेपश्चात ६ महिना भित्रमा भिसा पाउन सकिनेछ ।
क्यानडा सरकारले Express Entry मार्फत निम्न उल्लेखित क्याटेगोरीमा आवेदन लिने जनाइएको छः
Federal Skilled Worker
Federal Skilled Trade
Canada Experience Class
Provincial Nominee Program
Express Entry मार्फत स्थायी भिसाको लागि आवेदन प्राप्त भएपश्चात माथि उल्लेखित कुनै पनि क्याटेगोरीमा आवेदन गर्न सकिने जनाइएको छ । त्यसैगरी माथि उल्लेखित क्याटेगोरीहरुमा यही डिसेम्बर २०१४ सम्ममात्र आवेदन लिइने र तत्पश्चात सबै आवेदन हरु Express Entry मार्फत लिइने छ ।
क्यानडाले बर्षेनी दुई लाख पचास हजारभन्दा बढी व्यक्तिहरुलाई बिभिन्न तवरले स्थायी भिसा दिने गर्दछ ।
क्यानडामा हाल करिब २०,००० नेपालीहरु स्थायीरुपले बसोवास गरिरहेको अनुमान गरिएको छ ।

सिरहा, भाद्र १९ । सिरहाको औरही–८ का ४० वर्षीय डोमी सदाको घाँटी रेटी हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा उनको गएराति हत्या भएको हो ।

सदाको टाउको र घाटीमा गम्भीर चोट लागेको छ । ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका सदाका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् ।
हत्या किन र कसले गरेको भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ
छ ।

काभ्रे- लिंग पहिचानपछि गर्भपतन गराउनेको संख्या बर्सैपिच्छे बढ्दै गएको छ। पाँचखालकी गीतादेवी (नाम परिवर्तन) ले दुई वर्षमा तीनपटक गर्भपतन गराइसकेकी छन्। छोटो अवधिमा धेरैपटक गर्भपतन गराउँदा उनको स्वास्थ्य कमजोर बन्दै गएको छ।
'गर्भपतन गराउनु मेरो रहर होइन, बाध्यता हो', उनले सुनाइन्, 'भिडियो एक्स रे गरेर हेर्दा गर्भमा छोरी रहेको थाहा पाएपछि छोराको आशामा परिवारकै करकापमा गर्भपतन गरेकी हुँ।' उनले लिंग पहिचानपछि जिल्लाकै एक मेडिकलमा ६ हजार रुपैयाँ तिरेर गर्भपतन गराएकी थिइन्।
लिंग पहिचानपछि गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ। तीनपटक गर्भपतन गराइसकेपछि चौथोपटक गर्भपतन गराउँदा प्रमिला (नाम परिवर्तन) ले सदाका लागि पाठेघर गुमाइन्। उनले छोराको आशामा गर्भपतन गराएकी थिइन्।
'छोराको आशामा गर्भपतन गराउँदा म कहिल्यै बच्चा जन्माउन नसक्ने भएँ', उनले भनिन्, 'सासूससुरा र पतिको दबाबमा छोराको आशामा गर्भपतन गराएकी थिएँ।' २५ हजार रुपैयाँ तिरेर उनले १२ साताभन्दा माथिको गर्भपतन गराएकी थिइन्। लिंग पहिचानपछि चर्को रकम असुलेर जिल्लाका केही मेडिकल सञ्चालक र डाक्टरले लुकीछिपी गर्भपतन गराउँदै आएका छन्। गर्भपतन गराउनेमा ग्रामीण भेगका भन्दा सहरी क्षेत्रका शिक्षित महिला बढी छन्।
सरकारले १२ सातासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको छ। 'गर्भपतन गराउनेको संख्या बढ्दोछ', जिल्ला स्वास्थ्य कार्यालयकी गर्भपतन सेवा प्रदायिका बुनु कँडेलले भनिन्। बढ्दो आधुनिकीकरण, वैदेशिक रोजगारी, युवा अवस्थाको प्रेम, छोराको चहनालगायत कारणले गर्भपतन गराउनेको संख्या बढेको उनले बताइन्।
उनका अनुसार गर्भपतन गराउनेमा १८ वर्षदेखि ३० वर्ष उमेरसमूहका महिला अत्यधिक छन्। विद्यालयमा पढ्दै गरेका स्कुले छात्रादेखि तीनवटा बच्चाकी आमा पनि गर्भपतन गराउन आउने गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष सुरक्षित गर्भपतन गराउने ३० प्रतिशतले बढेका छन्। साउन मसान्तसम्ममा चार सय ५७ जनाले गर्भपतन गराएका छन्। जिल्लामा १५ वटा स्वास्थ्य संस्थालाई सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न अनुमति दिइएको छ।
लिंग पहिचानपछि गर्भपतन गर्ने र गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म कैद सजाय व्यवस्था भए पनि अहिलेसम्म त्यसबारेमा कुनै उजुरी नआएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेल इन्चार्ज प्रहरी नायव निरीक्षक सीता श्रेष्ठले बताइन्। गर्भपतन गराउने स्वास्थ्यकर्मीले विशेष प्रकारको तालिम लिएको हुनुपर्छ। असुरक्षित रूपमा गर्भपतन गराउँदा बाँझोपन बढ्ने, पाठेघरको क्यान्सर हुने सम्भावना उच्च हुने चिकित्सकले बताए।