राँगाले हानेर मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
रौतहट, कात्तिक ९ – रौतहटको राँगो हानेर एक जनाको ज्यान गएको छ । लक्ष्मिनिया–९ भैसहीका ५५ वर्षका मोहन चौधरीको राँगाले हानेर ज्यान गएको प्रहरीले जनाएको छ ।खेत जोत्नका लागि बहिनीको घरबाट ल्याएको एक हल राँगा जुधेको र त्यही बेला छुट्याउने क्रममा चौधरीलाई राँगाले हानेको गाउँलेले बताएका छन् । बिहान राँगाले हानेर बेहोस भएका चौधरीको उपचारका क्रममा दिउँसो ज्यान गएको रौतहटका प्रहरी निरीक्षक रामप्रकाश चौधरीले जानकारी दिनुभयो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses