पिसाब पोल्ने समस्या भए व्यतीसँग यौनसम्भोग राख्दा खतरा जानिराखौ..
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
पिसाब सम्बन्धि रोग पुरुषमा भन्दा महिलामा ज्यादा हुन्छ किनभने पुरुषको तुलनामा महिलाको मूत्र नली छोटो हुन्छ जसको कारण छिट्टै पिसाब थैलिमा संक्रमण हुन पुग्दछ । यस्तो समयमा यौन सम्पर्क गर्नाले जिवाणुहरु झन छिटो फैलिन पुग्दछन् ।

एकदम कम पानी पिउने तर अमिलो पिरो बढी खाने व्यक्तिलाई पनि पिसाब पोल्ने समस्या हुन सक्छ । साथै मधुमेहको रोगी तथा गर्भवति महिलालाई पनि पिसाब पोल्ने समस्या हुन सक्छ । त्यस्तै गरेर पिसाब थैलिमा अन्य संक्रमण छ भने पनि पिसाब पोल्ने समस्या हुन सक्छ । जस्तै किड्नीमा स्टोन हुनु तथा प्रोस्टेट ग्रन्थि बढ्नु । कुनै कुनै महिलाहरुलाई यो समस्या बारम्बार हुन सक्छ ।
लक्षणहरु :
१) पिसाब गर्दा पोल्छ र दुख्छ ।
२) बारम्बार पिसाब गर्न मन लाग्छ तर पिसाब एकदम कम हुन्छ ।
३) पेट भारी र दुखे जस्तो हुन्छ ।
४) पिसाब धमिलो र गन्ध आउँछ ।
५) किड्नी भएको ठाउँमा अथवा एक ठाउँमा दुख्छ ।
६) ज्वरो आउँछ र जाडो हुन्छ ।
७) वाकवाक लाग्ने तथा वान्ता हुन्छ ।
उपचार :
उपचार गर्नु अघि पिसाब जचाउनु अति आवश्यक हुन्छ । जसबाट पिसाब थैलि वा किड्नीमा असर परेको छ वा छैन थाहा हुन्छ । सामान्य अवस्थामा प्रशस्त पानी पिएर नै यसलाई कम गर्न सकिन्छ भने यदि ज्वरो छ, वान्त हुन्छ, वाकवाक लाग्छ वा कम्मरको दुवै तिर अत्यधिक दुखाई छ भने तुरुन्त डाक्टरको परामर्श लिनु पर्छ । त्यस्तै गरी मधुमेहको बिरामी, किड्नीको बिरामी, नशा सम्बधि रोगी, रोगसँग लड्ने क्षमता कम भएको व्यक्ति, ६० वर्षभन्दा बढी भएको व्यक्ति तथा गर्भवति महिलामा पिसाब पोल्ने समस्या छ भने पनि तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses