मैले आइपिल पनि खाएकी थिएँ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
डा.बालकृष्ण साह
म २० वर्षीया छात्रा हुँ। मैले महिनावारी हुनुभन्दा दुई-तीन दिनअघि आफ्नो केटासाथीसँग यौनसम्पर्क गरेकी थिएँ। सधैं कन्डम प्रयोग गरे पनि त्यति बेला उसले कन्डम लगाएको थिएन। अहिले महिनावारी हुनुपर्ने दुई दिन कटिसक्यो, भएको छैन। मैले आइपिल पनि खाएकी थिएँ। किन मेरो महिनावारी नभएको? मेरो पेट पनि दुख्छ। के मेरो गर्भ त रहेन?सा.
उमेरमा केटासाथीसँग यौनसम्पर्क हुनु स्वाभाविक हो, तर गर्भ रहन नदिन कन्डमको प्रयोग गर्नु बुद्धिमानी हुन्छ। तपाईंको महिनावारी नियमित थियो भने महिनावारी सुरु हुनु दुई-तीन दिनअघि भएको सम्पर्कले गर्भ रहने सम्भावना न्यून हुन्छ। यो अवस्थामा आईपिल वा कुनै आकस्मिक गर्भनिरोधक साधन प्रयोग गर्नु आवश्यक ठहरिँदैन, तर त्यसको सेवनले गर्भ रहने सम्भावना अझ कम भएर जान्छ। तपाइर्ंको महिनावारी नहुने कारण आईपिल पनि हुन सक्छ। आईपिलका कारण भए ढिलो भए पनि महिनावारी अवश्य हुन्छ। तपाईंको त्यसअघि पनि सम्पर्क भएको थियो र त्यतिबेला कन्डम प्रयोग नगरेको वा कन्डम फुटेको हो भने गर्भ रहन सक्छ। गर्भ छ कि छैन भन्ने कुरा पत्ता लगाउन पि्रग्नेन्सी टेस्ट गराउन सकिन्छ। आत्तिनुपर्ने वा डराउनुपर्ने कुनै अवस्था छैन। गर्भ रहेछ र तपाईंलाई गर्भ चाहिएको छैन भने मान्यताप्राप्त स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराउन सकिन्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses