किन किशोरावस्था शुरु भएपछि यौन उत्तेजना पनि शुरु हुन्छ ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
करिब १० बर्षको उमेर भएपछि स्वस्थ अवस्थाका किशोरकिशोरीहरु प्राय सबलाई यौन उत्तेजना हुन्छ । यौन उत्तेजना हुनु जीवित जगतका सबै प्राणीहरुका लागि प्रकृतिले नै बनाएको प्रणाली हो । प्रकृतिले सबै जीवलाई यौन उत्तेजित बनाउँनुको मुख्य उद्देश्य सन्तान उत्पादनमा प्रेरित गराउँनु हो । त्यसैका लागि यौन कृयाकलाप गर्दा आनन्द आवस भनेर नै प्रकृतिले शरीरिको बनावट नै त्यसै किसिमले बनाएको हुन्छ । महिलाको योनी भित्रीे केहि भाग (करिब चार इन्च सम्म) प्रोष्टेष्ट ग्ल्यायड नामका तन्तुले बनेको हुन्छ, जाहाँ अर्को अङ्गले छुँदा धेरै आनन्द आउँछ र यौन उत्तेजना अझै बढ्छ । पुरुष्को लिङ्गको टुप्पाको वरिपरी पनि त्यहि तन्तु हुन्छ । यौन सम्पर्कको केहि समय सम्म आनन्द आईरहन्छ । त्यसै गरि शरीरमा यौन उत्तेजना गर्ने विभिन्न किसिमका हर्मन नामका रसायन (Chemical) हरुको उत्पादन पनि किशोरावरुथा शुरु भएसंगै उत्पादन शुरु हुनथाल्दछ । ती हर्मनहरुले नै महिलाको पाठेघरको डिम्बाशयमा डिम्ब (एक किसिमको अण्डा) उत्पादन हुन थाल्दछ । यौन सम्मर्क हुँदा पुरुषको शुक्रकिट त्यहि डिम्बमा प्रवेश गरि गर्भधरण शरु हुने हो । गर्भधारणको लागि अरु हर्मनहरुले योनीलाई चिप्लो पार्ने पदार्थ उत्पादन गरिदिएको हुन्छ र पाठेघरको भित्तामा गर्भधारण तयारीकोलागि विभिन्न तत्वहरु तयार हुने क्रम बढेपछि तिनै हर्मनहरुका कारण माहिलामा यौन चाहना हुन्छ र विपरित लिङ्गको सम्पर्कमा यौन उत्तेजना बढाउँछ । पाठेघरको भित्तामा जम्मा भएका ती रसायन तत्वहरु बाक्लीदै जान्छ र सरदर २८ दिन पछि त्यो आफै खस्छ, योनी मार्गबाट बाहिर निस्कन्छ । त्यो अवस्थालाई नै महिनावारी भएको भनिएको हो । त्यो रातो रङ्गको हुने र रगत जस्तै देखिए पनि त्यो रगत नै भने होइन । त्यसको बनौट चाहिँ त्यस्तो हो । भर्गमा रहेको बेलामा बच्चाको लागि चाहिने पोषण तत्व त्यसैमा हुन्छ ।
त्यसैगरी पुरुषमा पनि किशोराबस्थाको सुरु भएसँगै विभिन्न हर्मन नामका रसायन उत्पादन हुन थाल्दछ त्यसको सहायताले अण्डाकोषमा शुक्रकिटहरु तथा वीर्य थैलीमा वीर्यको निर्माण हुन थाल्दछ । त्यस्तै चिप्लो किसिमको यौन सरहरु उत्पादन भई लिङ्गसम्म आइपुग्दछ । यौन सम्पर्क गर्दा हुने घर्षणका कारण पीडा नहोस भनेर महिला र पुरुष दुबैमा यस्तो चिप्लो पदार्थ उतपादन हुन्छ । यी यौन रस उत्पादन हुनेक्रमसँगै यौन चाहना बढ्नथाल्दछ र विपरित लिङ्गीसँगको सम्पर्क हुँदा यौन उत्तेजना हुन थाल्दछ । यौन व्यवहारको व्यवस्थापन चाहिं प्रकृतिले गर्देन, मानिस आफैंले गर्ने हो । यौन चाहना हुनु स्वभाविक भएपनि, यौन उत्तेजना आउँनु स्वभाविक भएपनि यौन व्यवहारको उचित व्यवस्थापन नगर्नाले सामाजिक विकृति र द्वन्द्व सिर्जना हुने, असुरक्षित यौनसम्पर्क हुनाले अनिनिच्छत गर्भधारण हुने, एचआइभीका साथै विभिन्न किसिमका यौनजन्य संक्रमणहरु हुने गरेको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस



0 comments
Write Down Your Responses