महिनावारी भनेको के हो ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
महिनावारी हुँदा योनीबाट ३ देखि ४ दिन सम्म र कसैकसैको २ देखि ८ दिनसम्म पनि रगत बग्दछ । यो व्यक्तिपिच्छे फरक हुन सक्छ । अनि महिनावारी शुरु हुने समय पनि सबैको एउटै हुदैन । सामान्यतयाः ८ देखि १६ वर्षभित्र कुनै पनि समयमा महिनावारी सुरु हुनसक्छ । यदि यो समयमा पनि महिनावरी भएन भने सम्बन्धित चिकित्सकको सल्लाह अनुसार उपचार गराउँन सकिन्छ । महिनावारी सुरु हुनुलाई मेनार्क ९ःभलबचअजभ० भनिन्छ । महिलाहरूमा ४५ देखि ५० वर्षको उमेर पुगेपछि महिनावारी हुन बन्द हुन्छ । यो महिनावारी बन्द भएको अवस्थालाई मेनोपज (Menopause) भनिन्छ ।


अधिकांश किशोरीहरु पहिलो पटक महिनावारी हुँदा डराएका हुन्छन् । उचित परामर्श नभएमा उनिहरुमा लामो समयसम्म मानसिक तनाव पनि हुन सक्दछ । नेपालको पश्चिम क्षत्रमा महिनावारी हुँदा घर भन्दा टाढा राखिन्छ । महिनावारी अवधिभरी बस्नको लागि सानो छाप्रो बनाइएको हुन्छ । त्यसलाई छाउ बस्ने भनिन्छ र महिनावारी भएर त्यसरी बस्नुलाई छाउपढी भनिन्छ । छाउपढी बस्दा दिनभरी बाहिर निस्कन पाइन्न । यो महिलाहरुको लागि अत्यान्तै कष्टकर र जोखिमपूर्ण संस्कार हो । त्यो संस्कार अनुसार पहिलो पटक पहिनावारी हुँदा त १५ दिनसम्म छाउपढी बस्नुपर्ने हुन्छ । छाउपढी बसेका महिलाहरु बलात्कारका सिकार भएका, बाघ वा चितुवाले आक्रमण गरी मारिएका, सर्पले डसेर मरेका, जाडो महिनामा झरी पर्दा जाडोले कठ्यांग्रिए मरेका धेरै घटनाहरु बर्षेनी समाचारमा आएका हुन्छन भने त्यस्ता धेरै घटनाहरु त समाचारमा पनि आएका हुँदैनन ।

रक्तस्राव भएदेखि अर्को महिना रक्तस्राव नहुञ्जेलसम्म शरीरमा विभिन्न खालका शारीरिक तथा व्यवहारजन्य परिवर्तनहरू आउँछन् । यस्तो परिवर्तनहरू हरेक महिनामा चक्रको रूपमा भैरहने भएकोले यसलाई महिनावारी चक्र (Menstrual cycle) भनिएको हो । सामान्यतया हरेक २८ दिनमा महिनावारी हुन्छ तर यो व्यक्ति पिच्छे फरक पर्नसक्दछ । कसैलाई भने सबै महिनामा दिन गन्ति अनुसार नभएर अगाडि पछाडि पनि भएको हुनछ । औसत अगाडि भए २३ ढिलोमा ३५ दिनसम्ममा महिनावारी हुन्छ । त्यो भन्दा पनि अगाडि वा अझै पछाडि भएमा स्वास्थ्य कर्मीसँग परामर्श गर्न पर्छछ ।

प्रत्येक महिनावारी चव्रmमा हर्मनको मात्रामा आउने परिवर्तनले गर्दा पाठेघरको भित्री सतह (भित्तो) मा सुक्ष्म रक्त नलिकाहरू टाँसिएर फैलन्छन् र विस्तारै बाक्लिदै जान्छन् तथा सुक्ष्म कोषहरू वृद्धि भएका हुन्छन् । त्यसको कारणले गर्दा पाठेघरको भित्री सतह वाक्लोहुँदै जाँदा नरम पनि भइरहेको हुन्छ । त्यस समयमा गर्भाधान नहुँदा वा हुन नसकदा हर्मनमा पपनि विपरित किसिमले रासायनिक परिवर्तन आउंदछ । जसको कारण ती सुक्ष्म रक्त नलिकाहरू फैलिन वा बढ्न बन्द हुन्छन् । त्यसपछि, पाठेघरको भित्री सतहमा बनेको बाक्लो र नरम तह लामो समयसम्म टिकीरहन नसकी ससाना टुक्रामा खुस्केर क्रमैसँग योनीबाट बाहिर निस्कन्छ । त्यसरी महिनावारीको रूपमा रक्तश्राव भएको हुन्छ । यो रगत जस्तै हुने हुनाले पनि पहिलो पटक पहिनावारी हुने किशोरीहरुमा परामर्श नभएको वा त्यसका बारेमा कुनै शिक्षामूलक जानाकारी नभएको अवस्थामा तनाव सिर्जना भएको हो । परापूर्वकालमा आजको जस्तो लवाइ खुवाई नमिल्ने र यसका बारेमा समाजमा धेरै भ्रम भएकाले पनि महिनावारी भएको समयमा चुल्हो (भान्छा) मा जान अरुले खानेकुरा र पुरुषहरुलाई छुन बाट बञ्चित गरिएको भन्ने कुरा अध्ययनहरुले बताउँदछ ।

महिनावारी सुरु हुनु भनेको महिला गर्भवती हुन सक्ने उमेरमा प्रवेश भएको अवस्थाको एउटा संकेत पनि हो । यसले उनीहरूमा प्रजनन क्षमताको विकास शुरु भएको भन्ने बुझिन्छ तर २० वर्षको उमेर पुरा भएपछि मात्र प्रजननअङ्ग पूर्ण रुपमा विकसित भैसकेको हुन्छ ।

महिनावारीबारे केहि अन्धविश्वासहरू


  • योनीबाट फोहर रगत आउँछ
  •  लोग्ने मानिसलार्ई छुनु हुँदैन
  •  पूजा गर्न वा मन्दिर जानु हुँदैन
  •  खाना छुन र पकाउनु हुँदैन
  •  गाई भैंसी बाँध्ने गोठमा सुत्नुपर्छ
  •  बाक्लो लुगा लगाउनु पर्छ
  •  फलपूmल छुनु हँुदैन
  •  यौनसम्पर्क गर्नहुदैन, आदि ।

यी सवै कुराहरूमा वैज्ञानिक तथ्यहरू छैनन् ।

अन्धविश्वास हटाउन कस कसले के गर्न सक्छ ?
समाजमा प्रतिष्ठित व्यक्तिहरू, धार्मिक संस्था, विद्यालय आदिबाट राम्रो पहल गर्न सकिन्छ । सबै भन्दा महत्वपूर्ण कुरा त स्वास्थ्य शिक्षाको दृष्टिकोणले मात्रै पनि महिनावारी हुँदा महिलाहरूमाथि हुने यस्ता असंख्य दुव्र्यवहारहरूमा परिवर्तन गर्न सकियो भने उनीहरूको प्रजनन् जीवन चक्रमा ठूलो सुधार ल्याउन सकिन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
,

0 comments

Write Down Your Responses