तिम्ल्याहा छोरी चिन्न नसकेर आमालाई आपत् खुट्टामा लगाइदिइन् फरक फरक नङपालिस (फोटोफिचर सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
तिम्ल्याहा छोरी जन्मिँदा ३३ वर्षकी करीन निकै खुसी भएकी थिइन् पोहोर साल । ३ वर्षको छोरी काखमा हुँदै तिनवटा छोरी एकैपटक जन्मिएपछि करीन र उनका लोग्ने इयान निकै खुसी भए । फूलजस्ता नानीहरु हलक्क बढ्दै पनि गएका छन् । तर तिम्ल्याहा छोरीहरु बढ्दै जाँदा बाउआमालाई एउटा जटिल समस्या भने थपिएको छ । समस्या जटिल मात्र छैन निकै अनौठो पनि छ ।
तिम्ल्याहा सन्तान भनेपछि जिउडाल र रुपरंग एउटै हुने नै भयो । एकअर्कोलाई चिन्ने कुनैपनि त्यस्तो चिन्ह जिउमा नभएका कारण करीनलाई छोरी नचिनेर आपत भएको छ । यसको समाधान पनि उनले निकै चतुराइँ पूर्वक निकालेकी छिन् । उनले आफ्ना छोरी चिन्नका लागि हरेकका खुट्टाका नङमा फरक फरक नङपालिस लगाइदिने गरेकी छिन् ।
डेलीमेलमा छापिएको खबर अनुसार साउथ वेल्सको पोन्टीपूलमा बस्ने करीनका तिन बहिनी तिम्ल्याहा मध्ये एउटीको नाम फिओन, अर्कीको नाम म्याडिसन र अर्कीको नाम पेज छ । उनीहरु दुरुस्तै छन् त्यसैले उनीहरुलाई चिन्नका लागि आमा करीनले हरेक ३ दिनमा छोरीहरुको खुट्टामा नङपालिस लगाइदिने गरेकी छिन् ।
पेजलाई वैजनी, म्याडिसनलाई हल्का हरियो र फिओनलाई रातो रङको नङपालिस लगाइदिइएको छ । खुट्टाको नङपालिस हेरेर मात्रै कुन छोरी को हो भन्ने चिन्न सक्छन् आमा बुवा ।
triplet2
‘उनीहरु उस्ता उस्तै छन्, हामीले कहिल्यै पनि उनीहरुलाई छुट्टाउन सकेनौँ’, करीन भन्छिन् । छोरीहरुलाई चिन्न उनीहरुले यसअघि विभिन्न उपाय नअपनाएको होइनन् तर केहीपनि काम लागेनन् । सुरुमा उनीहरुले फरक फरक ब्रासलेट लगाइदिए तर ती पनि कहिले झर्ने त कहिले बढि कसिने कारणले काम लागेनन् ।
बामे नसरुन्जेल फरक फरक गुन्द्रीमा सुताइदिएर पनि छोरीहरु चिन्ने कोसिस नगरेका होइनन् । तर बामे सर्न थालेपनि एउटी अर्की सुतेको गुन्द्रीमा गएपछि त्यो आइडियाले पनि काम गरेन । मार्कर पेनले पाइतालामा लेखेर छुट्टाउने कोसिस गरे तर गर्मी याममा त्यो पनि काम लागेन ।
तर अन्ततः उनीहरुले चिकित्सकको सल्लाहमै छोरीहरुको नङमा पालिस दलिदिने जुक्ति अपनाएका छन् । अहिलेसम्म त यसले काम गरेकै छ, तर कति कामयावी हुनेहो त्यो हेर्न बाँकी नै छ ।
तिम्ल्याहा सन्तान भनेपछि जिउडाल र रुपरंग एउटै हुने नै भयो । एकअर्कोलाई चिन्ने कुनैपनि त्यस्तो चिन्ह जिउमा नभएका कारण करीनलाई छोरी नचिनेर आपत भएको छ । यसको समाधान पनि उनले निकै चतुराइँ पूर्वक निकालेकी छिन् । उनले आफ्ना छोरी चिन्नका लागि हरेकका खुट्टाका नङमा फरक फरक नङपालिस लगाइदिने गरेकी छिन् ।डेलीमेलमा छापिएको खबर अनुसार साउथ वेल्सको पोन्टीपूलमा बस्ने करीनका तिन बहिनी तिम्ल्याहा मध्ये एउटीको नाम फिओन, अर्कीको नाम म्याडिसन र अर्कीको नाम पेज छ । उनीहरु दुरुस्तै छन् त्यसैले उनीहरुलाई चिन्नका लागि आमा करीनले हरेक ३ दिनमा छोरीहरुको खुट्टामा नङपालिस लगाइदिने गरेकी छिन् ।
पेजलाई वैजनी, म्याडिसनलाई हल्का हरियो र फिओनलाई रातो रङको नङपालिस लगाइदिइएको छ । खुट्टाको नङपालिस हेरेर मात्रै कुन छोरी को हो भन्ने चिन्न सक्छन् आमा बुवा ।
triplet2
‘उनीहरु उस्ता उस्तै छन्, हामीले कहिल्यै पनि उनीहरुलाई छुट्टाउन सकेनौँ’, करीन भन्छिन् । छोरीहरुलाई चिन्न उनीहरुले यसअघि विभिन्न उपाय नअपनाएको होइनन् तर केहीपनि काम लागेनन् । सुरुमा उनीहरुले फरक फरक ब्रासलेट लगाइदिए तर ती पनि कहिले झर्ने त कहिले बढि कसिने कारणले काम लागेनन् ।बामे नसरुन्जेल फरक फरक गुन्द्रीमा सुताइदिएर पनि छोरीहरु चिन्ने कोसिस नगरेका होइनन् । तर बामे सर्न थालेपनि एउटी अर्की सुतेको गुन्द्रीमा गएपछि त्यो आइडियाले पनि काम गरेन । मार्कर पेनले पाइतालामा लेखेर छुट्टाउने कोसिस गरे तर गर्मी याममा त्यो पनि काम लागेन ।
तर अन्ततः उनीहरुले चिकित्सकको सल्लाहमै छोरीहरुको नङमा पालिस दलिदिने जुक्ति अपनाएका छन् । अहिलेसम्म त यसले काम गरेकै छ, तर कति कामयावी हुनेहो त्यो हेर्न बाँकी नै छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses