रेडियोका स्टेशन म्यानेजरकै होटलमा यौनधन्दा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
मोरंग, भदौ २ – मोरङको पथरी बजार पूर्व बस स्टेण्ड उत्तरमा अवस्थित प्रिन्स होटल एण्ड लजबाट आइतबार यौन कार्यमा संलग्न एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । अबैध यौन कार्य भइरहेको गोप्य सूचना आधारमा छापा मार्दा ती जोडी पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्रप्रसाद चुडालले बताए । प्रिन्स होटलमै केही हप्ता अघि पथरी बजारकै एक जोडीलाई रंगेहात पक्राउ गरी प्रहरीले केही दिन थुनेर पुनः त्यस्तो कार्य नगर्ने सर्तमा छाडेका थिए ।
यस भन्दा अघि पनि पथरीका होटलहरुबाट यौन जोडी पक्रेर कारबाही गरेका थिए । आइतबार पथरीको सबै होटल एण्ड लजहरुमा छापा मारे पनि प्रिन्समा मात्र जोडी पक्राउ परेको प्रहरी निरीक्षक चुडालले बताए । प्रनि चुलाडले भने –‘एक पटकको लागि चेतावनी दिएर दुवै जनाको आफन्त बोलाएर हामीले जिम्मा लगाइएका छौं । अब उप्रान्त फेरि पनि होटलहरुमा यस किसिमका कार्यले निरन्तरता पाए कडा भन्दा कडा कारवाही गरिनेछ ।’ प्रिन्स होटल एण्ड लज पथरीका प्रोपाइटर पृथ्वी आले मगर होटल व्यावसाय संघका अध्यक्ष तथा पथरीमा भर्खरै स्थापना भएको रेडियो सिम्रिक एफ.एम.को स्टेशन म्यानेजर पनि हुन् । प्रनि चुडालले आइन्द दिनहरुमा प्रिन्स होटलमा यस्तो कार्य भए सञ्चालकलाई नै पक्रेर कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

0 comments
Write Down Your Responses